२०८१ श्रावण १२

एमसीसीबारे अनुचित कुरा छन् भने जनतालाई जानाकारी गराउन माधब नेपालको आग्रह
  • लुम्बिनी खोज
  • २०८० भाद्र १२, मंगलवार १३:२५ गते

बुटवल १२ भदौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा समाजवादी मोर्चाका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परिवर्तन गरी देश बनाउने अभिभारा मोर्चा सामु आएको बताएका छन । उनले विगतका अनुभवहरुलाई एक ठाउमा राखेर शक्ति गोलवद्ध गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले आफूहरुका लागि देश प्यारो रहेको भन्दै सरकार जोगाउन अनुचित सम्झौत ागर्न नहुने पनि बताए । एमसीसीका सन्र्दभमा उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल नहुने र नेपालको कानुन वाहेक स्वीकार हुन नसक्ने भन्दै यसका सवालमा कुनै अनुचित कुराहरु छन भने जानाकारी गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

मंगलबार समाजवादी मोर्चाले बुटवलमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए ।
नेता नेपालले नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत एमसीसी पास गरेको भन्दै त्यसमा नेपाल कुनैपनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए ।

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ,’ उनले भने, ‘अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस्।’