२०८१ श्रावण १२

एसिया कप नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने
  • लुम्बिनी खोज
  • २०८० भाद्र १३, बुधबार ०९:२७ गते

बुटवल,१३ भदौ ।

एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।

नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए । टसमा बोल्दै नेपालका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानको विकेट समान नै रहेको बताउँदै आजको खेलका लागि आफू उत्साहित रहेको जिकिर गरे ।

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् ।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।