२०८१ श्रावण १२

चिनिया टोलीलाई लुम्बिनीमा स्वागत
  • लुम्बिनी खोज
  • २०८० भाद्र १३, बुधबार ११:०६ गते

बुटवल,१३भदौ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थानीय सरकार चिनिया टोलीलाई स्वागत गरिएको छ ।

नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,उपमेयर कल्पना हरिजन,वडाअध्यक्षरु,कर्मचारीले मित्र राष्ट्र चीनको सान्क्सी प्रदेशको सिन्चउ नगरका वु थाई सान कन्ट्री प्रमुख ज्या वन चु,सिन्चउ नगर जनसरोकारका पर राष्ट्र मामिला कार्यालयका डाईरेक्टर लि सियुन,कल्ट्री मागीस्ट्रट जिया वईन्चु लगायतका टिमलाई भव्य स्वागत तथा अभिनन्दन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले सिन्चउ नगर संगको सम्बन्धलाई नयाँ स्वरुप दिन तयार भएको बताएका छन् । लुम्बिनी क्षेत्र भगवान गौतम बुद्धको पवित्र स्थल भएका कारण यस क्षेत्रको विकासमा सिन्चउ नगर संगको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन चाहेको कुरा समेत मेयर मुसलमानले दर्साए ।

यस्तै,लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले सिन्चउ नगरका प्रतिनिधीहरुलाई स्वागत गर्न पाउदा हर्षित भएको बताईएकी छन् ।ल ुम्बिनी बुद्धत्व संग जोडिएकोले पर्यटन विकासमा समेत चीन सरकारले चासो दिनुपर्ने संगै सहकार्य गर्न आफुहरु तत्पर रहेको कुरा औँल्याईन् ।

कार्यक्रम सिन्चउ नगरका उपमेयर लि सियले नेपाल र चीनको पारस्पारिक सम्बन्धलाई थप बलियो बनाउन चाहेको कुरा बताईन् । नेपालको कृषि,पर्यटन,स्वास्थ्य,धार्मिक जस्ता महत्वपुर्ण क्षेत्र संग चीनको रहनसहन मिल्ने बताईएकी हुन् । यस नगरको विकासमा चीनको सिन्चउ नगर तप्पर रहेको बताउदै सहकार्य र समन्वय गर्ने उल्लेख गरिन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाले गरेको स्वागत तथा सम्मान प्रति प्रसन्न हुँदै धन्यवाद समेत ज्ञापन गरेका थिईन् ।

स्वागत तथा सम्मान कार्यक्रममा वडा न.१का वडाअध्यक्ष सुरज कुमार कलवार,वडा न. २का वडाअध्यक्ष ईनामुल्लाह फकिर,वडा न.३ विनोद श्रीवास्तव,वडा न.५का खर्शेद आलम,वडा न.६का नाईमुलहक मुसलमान लगायतको आतिथ्यता तथा नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालको सञ्चालनमा भएको हो ।