२०८१ श्रावण १२

समाजवादी मोर्चाको कर्णाली समिति घोषणा
  • लुम्बिनी खोज
  • २०८० भाद्र १४, बिहीबार १२:४६ गते

 

सुर्खेत १४ भदौ ।
समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मोर्चाद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देश सभामा समन्वय समितिको घोषणा गरिएको हो ।

समितिमा नेकपा (माओवादी केन्द्र) बाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्णबहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमरबहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देवीराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।