२०८१ श्रावण १२

तातोपानी नाका खुला
  • लुम्बिनी खोज
  • २०८० भाद्र १५, शुक्रबार ०६:४७ गते

बुटवल १५ भदौ ।
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पले बन्द तातोपानी नाका आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि आजदेखि खुला भएको छ। सीमा क्षेत्र भोटेकोसीका स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत उद्घाटन गरिएको हो।

चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ। उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासीका लागि मात्रै हो।

उद्घाटनमा दुई सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन्। लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि सीमा क्षेत्रका बासिन्दा खुशी भएका छन् ।