२०८१ श्रावण १२

पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० भाद्र १५, शुक्रबार १०:१२ गते

बुटवल,१५ भदौ ।
पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए ।
उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए ।
समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्येश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रममा समुहमा कार्यरत कर्मचारी, मजदुर, स्थानिय, लिस्नु युवा क्लबका पदाधिकारी तथा सदस्य लगाएतले रक्तदानमा सहभागीता जनाएका थिए।