२०८१ श्रावण १२

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ: माओवादी
  • लुम्बिनी खोज
  • २०८० भाद्र १५, शुक्रबार ११:४८ गते

काठमाडौँ  १५ भदौ।

नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नयाँ नक्साको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।

चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको बताउदै उनले भने, ‘चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ । चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जारी गराइसको जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’