२०८१ श्रावण १२

नेप्से ३० अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० भाद्र १७, आईतवार १३:५२ गते

बुटवल १७ भदौ ।
साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार झन्डै ३० अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा ओर्लिएको हो। आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब १३ करोड रूपेयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ पुगेको छ।

यस दिन २७६ वटा धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको हो।

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि होटेल, पर्यटन, जलविद्युत्, बिमालगायतका समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।