२०८१ श्रावण १२

एमाले लुम्बिनीको नेतृत्वका लागि कँडेल र रिजाल चुनावी मैदानमा
  • लुम्बिनी खोज
  • २०८० भाद्र १७, आईतवार १५:५५ गते

 

बुटवल ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई समुहका दुई जनाको उम्मेदवारी परेको छ ।

शनिवार तथा आइतवार गरिएको सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिने गरी सहमतिमा नेतृत्व टुंगाउन निर्देशन दिएपनि नेताहरु सहमतिमा पुग्न सकेका छैनन् ।

यहा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्षले प्रदेशका हालका अध्यक्ष राधाकृष्ण कँडेललाई र महासचिव शंकर पोखरेल पक्षबाट केन्द्रीय सदस्य हरि रिजाललाई अध्यक्षका रुपमा अगाडी सारिएको छ । दुबै जनाले आइतवार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । ४ जनामा दुई जना रुपन्देहीका रहेका छन । त्यस्तै आइतवार सचिवमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा भने ५ जनाको उम्मेदवारी दर्ता भइसकेको छ । उपसचिवमा बाकेका मात्रै तीन जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार स्थगित गरिएको निर्वाचन सम्वन्धी कार्यक्रम सोमवार विहान ७ बजेबाट शुरु हुदैछ । एमाले लुम्विनीका प्रचार विभाग प्रमुख डीआर घिमिरेले बिहान ७ बजेबाट १० बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको बताए ।
उम्मेदवारी दर्ताको समय सोमवार विहान समेत रहेकाले उम्मेदवारहरुको संख्या अझ बढ्न सक्ने देखिएको छ ।