२०८१ श्रावण १२

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
  • लुम्बिनी खोज
  • २०८० भाद्र १८, सोमबार ०९:२८ गते

 

बुटवल १८ भदौ ।
एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर भारतले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।

नेपालले कुनै पनि फर्म्याटमा भारतको सिनियर टोलीविरुद्ध खेल्न लागेको यो पहिलो अवसर हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेकाले सुपर फोरमा प्रवेश गर्न नेपालले भारतलाई हराउनु पर्नेछ ।

यता पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको भारतले नेपालविरुद्ध जित अथवा अंक बाँडे पनि सुपर फोरको यात्रा तय गर्नेछ ।