२०८१ फाल्गुन ७
बुटवल १८ भदौ ।
एसिया कपअन्तर्गत समूह ुएु को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा डीएलएस मेथडअनुसार २३ ओभरमा झारिएको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको हो । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०।१ ओभरमा भेट्टायो ।
जितसँगै भारत समूह एु बाट सुपर४ मा प्रवेश गरेको छ । नेपाल बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने सोमबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो । पाकिस्तान यसअघि नै समूह ए बाट सुपर४ मा प्रवेश गरिसकेको छ ।