२०८१ श्रावण १२

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
  • लुम्बिनी खोज
  • २०८० भाद्र २०, बुधबार ०९:४६ गते

काठमाण्डौं २० भदौ ।
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादव त्यहाबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट यादव घाइते भएका छन्। यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

खुकुरी प्रहार गर्ने नुवाकोट विदुर नगरपालिका– ७ का श्याम सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणको कारणबारे अनुसन्धान भइरहेको छ ।