२०८१ श्रावण १२

प्रतिवेदनसहितको निजामती विधेयक पेस
  • लुम्बिनी खोज
  • २०८० भाद्र २१, बिहीबार १५:४९ गते

बुटवल २१ भदौ ।
लुम्बिनी प्रदेश सभामा प्रतिवेदनसहितको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सत्र सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक बिहिवार पेस भएको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले बिहीबार बसेको २४औँ बैठकमा उक्त प्रतिवेदनसहितको विधेयक पेस गरेका थिए।
यस अघिको प्रदेश सभा बैठकले प्रतिवेदनसहितको विधेयक तयार गर्न आन्तरिक मामिला तथा कानुन समितिलाई दिएको थियो।
विधेयकको प्रतिवेदनको तयारीका लागि सुझाव माग गर्ने तथा विज्ञको सल्लाहसमेत लिएको थियो। सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे तय गरिएको छ। बिहिवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न जनासरोकारमा विषय उठाएका थिए ।

उमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्त्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको गुनासो गरे । सांसद भूवनेश्वर चौधरीले जनता महँगीको मारमा परको बेला सरकारले कुनै ध्यान नदिएको बताए ।
एमाले सांसदहरु गिरधारीलाल न्यौपाने, रामजी घिमिरे, लोसपाका सांसद कन्हैया बानियाँ, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलगायतका सांसदहरुले जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता राख्नुपर्ने माग गरेका छन् ।

उनीहरुले प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासीनता देखाएको समेत बताएका छन्।