२०८१ श्रावण १२

झन्डै २९ अंकले घट्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८० भाद्र २१, बिहीबार १६:३५ गते

बुटवल २१ भदौ ।
सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक २८.९२ अंकले घटेको छ । बिहिवार नेप्से १९ सय ३२ विन्दुमा झर्न पुगेको छ ।
आज सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७१.५८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बिहिवार १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ ।