२०८१ श्रावण १२

लुम्बिनीमा निजामती कर्मचारी विधेयक पारित
  • लुम्बिनी खोज
  • २०८० भाद्र २३, शनिबार ०९:४८ गते

दाङ ।
लुम्बिनीमा प्रदेशमा निजामती कर्मचारीसम्बन्धी विधेयक प्रदेश सभा बैठकबाट पारित भएको छ । शुक्रवार बसेको प्रदेश सभा बैठकमा प्रदेशका मुख्यन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुतका थिए । त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेर सर्वसम्मतले पास भएको घोषणा गरेका थिए ।
गत असार २२ मा दर्ता भएको निजामती विधेयकमा प्रदेश सभाले दफाबार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि निरन्तर छलफल र विज्ञ तथा सरकारवालाहरुको सुझाव संकलन गरेको थियो ।