२०८१ श्रावण १२

पाकिस्तान विरुद्ध भारतको ब्याटिङ , १५ ओभरमा ११५ रन
  • लुम्बिनी खोज
  • २०८० भाद्र २४, आईतवार १०:४६ गते

बुटवल २४ भदौ ।
एसिसी एसिया कप सुपर फोरमा पाकिस्तान विरुद्ध भारतको ब्याटिङ जारी रहेको छ । जारी खेलमा १५ ओभरमा ११५ रन भारतले बनाएको छ । भारतविरुद्ध पाकिस्तानले टस जितेको थियो । कप्तान बाबर आजमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा भएको छ।
सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु भएको हो।