२०८१ श्रावण १२

नेप्सेमा दोहोरो अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० भाद्र २४, आईतवार १०:५५ गते

 

बुटवल २४ भदौ।
साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो ।
आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।आइतबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ पुगेको छ।