२०८१ श्रावण १२

विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
  • लुम्बिनी खोज
  • २०८० भाद्र २५, सोमबार ११:१२ गते

नेपालगन्ज २५ भदौ ।
बाँकेको नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित राजश्वका अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएका छन् ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौं जाँदै थिए । सोमबार बिहान ७ बजे बाँकेको राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटालाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।