२०८१ श्रावण १२

नेप्से दुई हजार विन्दुनजिक, ४४.३० अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० भाद्र २५, सोमबार ११:२७ गते

बुटवल २५ भदौ ।
सेयर बजार परिसूचक नेप्से आज ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको छ।सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ पुगेको छ।

यस दिन २७८ वटा धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच भएको हो।
आज सबै समूहको सेयर बढेको छ। यसमा पनि होटेल, जलविद्युत्, लघुवित्त र बिमा समूहको सेयर उच्च अंकले उकालो लागेको छ। यस दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।