२०८१ श्रावण १२

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार ०५:४५ गते

काठमाण्डौं २६ भदौ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १.३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो।

उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवी बनाएका थिए । एमाले उपाध्यक्ष नेम्वाङ हाल नेकपा एमाले संसदीय दलको उपनेतासमेत थिए ।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद भए। २०५६ सालपछि उनी इलामबाटै निरन्तर पाँच पटक विजयी भएका थिए। २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए।