२०८१ श्रावण १२

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय, अन्त्येष्टिको दिन सार्वजनिक बिदा
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार ०६:०९ गते

 

काठमाण्डौं २६ भदौ ।
सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो ।
सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।