२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार ०९:४९ गते

बुटवल,२६ भदौ ।

लुम्बिनी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि अन्त्य हुने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

साथै बैठकले लोकसेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका विभिन्न स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा मृत्यु भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए। साथै बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ।