२०८१ श्रावण १२

रुपन्देही उद्योग संघको अधिवेशन असोज २९ मा
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार १०:३७ गते

बुटवल २६ भदौ ।
रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी असोज २९ गते सोमबार हुने भएको छ ।
२०३५ सालमा अग्रज उद्योगीहरुको पहलमा स्थापित संघमा रुपन्देहीका ठूलादेखि घरेलु सम्मका १ हजार ५३ उद्योगहरु आवद्ध रहेका छन् । संघको कार्यसमितिको बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको र आवश्यक तयारीका लागि विभिन्न उपसमिति तथा निर्वाचन समिति केही दिनमै गठन गर्ने निर्णय गरेको संघका महासचिव हरि बहादुर खत्रीले बताए ।
संघको विधान बमोजिम अधिवेशन हुनु भन्दा २१ दिन अघिसम्म नविकरण भएका सदस्य उद्योगीहरुले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था भए बमोजिम नविकरणको समयावधी असोज ८ गतेसम्म कायम गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जनाएका छन् । संघको कार्यसमितिमा आजिवन, साधारण, एशोसिएट, महिला, संस्थागत र तहगत सहभागिता रहने व्यवस्था रहेको छ ।