२०८१ श्रावण १२

सिआइबीले बुझायो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन
  • लुम्बिनी खोज
  • २०८० भाद्र २७, बुधबार १०:२४ गते

५० जनाविरुद्ध मुद्दा, तीन अर्ब ५० करोड बिगो दाबी
काठमाण्डौं २७ भदौ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सुन तस्करी प्रकरणमा सिआइबीले ५० जनाविरुद्ध तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ रुपैयाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझाउनुअघि सिआइबीले गरेको पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताइन्। उनका अनुसार फरारमध्ये १४ जना विदेशी नागरिक र चारजना नेपाली छन्।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्।

सिआइबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधि अवलम्बन भएको बताएको छ। फरारहरूलाई पक्राउ गर्न पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो। सुन तस्करीमा चिनियाँ नागरिकहरूको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ।