२०८१ चैत्र ३
कपिलवस्तु २८ भदौ ।
कपिलवस्तुमा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ। विजयनगर गाउँपालिका– ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टोकेको बताएको छ।
मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो। गोरुसिंगेबाट थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।