२०८१ श्रावण १२

सिटिजन लाइफको आईपीओ बाँडफाँट
  • लुम्बिनी खोज
  • २०८० भाद्र २८, बिहीबार १६:४२ गते

काठमाडौं २८ भदौ।
सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट भएको छ। बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग अनुसार आवेदन परेकोले धितोपत्र निष्कास तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथामार्फत बाँडफाँट भएको छ । जसअनुसार ९ लाख जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।कम्पनीको आईपीओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकोमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । यस्तै १४ लाख ७ हजार २३७ आवेदकको आवेदन स्वीकृत भएकोमा सोहीमध्ये गोलाप्रथामा सहभागी गराएर ९ लाख जना आवेदकले १० कित्ता सेयर प्राप्त गरेका हुन् ।

कम्पनीले १५ भदौदेखि १९ भदौसम्म आईपीओको लागि आवेदन खुलाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता कुल २४४ रुपैयाँमा सेयर आईपीओ निष्कासन गरेको हो । कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।