२०८१ श्रावण १२

प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड
  • लुम्बिनी खोज
  • २०८० भाद्र २९, शुक्रबार १०:३० गते

बुटवल २९ भदौ ।
लम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारलाई थप जिम्मेवार र बलियो बनाउनु पर्ने बताएका छन । उनले प्रदेश सरकार जनमुखी र राष्ट्रवादी धारमा निरन्तर अगाडी बढ्दा बलियो हुने धारणा राख्दै यसका लागि आवश्यक कानुन निर्माण गर्नु पर्ने बताए ।
उनले स्थानीय सरकार र प्रदेश सरकारलाई जिम्मेवार रुपमा जनताका समस्या समाधान गर्ने गरी देखिने गरी काम गर्न आग्रह पनि गरे । प्रदेश प्रमुखको कार्यलयमा शुक्रवार मूख्य न्यायधिवक्ताको कार्यालय लुम्विनी प्रदेशको प्रतिबेदन बुझदै प्रदेश प्रमुख शेरचनले संबिधान, जनताको भावना र संघीय राज्य प्रणालीको भावना अनुसार कानुन बनाउनु पर्नेमा जोड पनि दिए ।
उनले संघियताको दम छैन , संघियताले काम गर्न सकेन भन्ने अभिब्यक्तिहरु एकात्मक सोच भएका पश्चगामीहरुको भएको धारणा राख्दै संघियताको बिकल्प खोज्नेहरु संग जनताका समस्या समधान गर्ने कुनै कुरा नभएको बताए । अहिलेको नेपालको संघिय ब्यबस्थामा बिदेशी राष्ट्रहरुको नक्कल नगरी समाबेशि र समानुपातिक व्यबस्था गरिएको तर्क गर्दै यसको विकल्प नभएको धारणा समेत राखे ।
कार्यक्रममा लुम्विनी प्रदेशक मुख्य न्यायधिवक्ता डाक्टर बुद्ध बहादुर थापाले मुख्य न्यायधिवक्ता कार्यलयबाट भइरहेका कामहरु समेटेर प्रतिबेदन पेश गरीएको जानकारी दिएका थिए ।