२०८१ श्रावण १२

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
  • लुम्बिनी खोज
  • २०८० भाद्र २९, शुक्रबार १६:२९ गते

बुटवल
नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । आज रातिदेखि नै नयाँ मूल्य लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।