२०८१ श्रावण १२

अर्थतन्त्रलाई धान्न सहकारीको महत्वपूर्ण भूमिकाः सभामुख घर्तीमगर
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३०, शनिबार १५:३७ गते

बुटवल ३० भदौ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले सरकारले लिएको तिन खम्बे अर्थ नीतिअनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
बुटवलमा शनिबार आयोजित उक कार्यक्रममा वोल्दै सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । सञ्चालकहरूले इमानदारिता पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताए ।
कतिपय कृषि बहुउद्देश्यीय सहकारीले कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको प्रसङ्ग निकाल्दै उनले सहकारीले सदस्यहरूलाई आर्थिक उपार्जनमा टेवा पुर्याउने गरी लगानी गर्न सुझाव दिए ।