२०८१ श्रावण १२

एसएसपी राठौरको नेतृत्वमा सामूहिक हत्या छानबिन समिति गठन
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३०, शनिबार १५:४६ गते

काठमाण्डौं ३० भदौ ।
काठमाण्डौंमा भएको चारजनाको सामूहिक हत्याको छानबिनका लागि प्रहरीले अनुसन्धान समिति गठन गरेको छ। काठमाडौं महानगरपालिका– ३२ तीनकुनेस्थित गैह्रीगाउँमा भएको चारजनाको सामूहिक हत्याको छानबिनका लागि प्रहरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार समितिमा प्रहरी नायब उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का र सुरक्षा केसी तथा प्रहरी निरीक्षक वीरेन्द्र केसीसमेत रहेका छन्।
शुक्रबार बेलुका करिब १० बजे तीनकुनेस्थित दिव्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। यीमध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन्।

हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् भने थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सबै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीको भनाइ छ।