२०८१ फाल्गुन ७
बुटवल ३१ भदौ ।
वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाएसँगै सेयर बजारमा भारी गिरावट आएको छ । वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरेको ब्याजदर बढेपछि आइतबार बजारमा असर परेको हो । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.१४ अंकले घटेको छ। आज नेप्से २.०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४.९१ अंकमा कायम भएको हो।
आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर ७२ हजार चार सय ७७ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६ सय १० बराबरको कारोबार भएको छ।