७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा झडप हुँदा एकको मृत्यु
  • लुम्बिनी खोज
  • २ आश्विन २०८०, मंगलवार ०६:५३

बुटवल २ असोज ।
रुपन्देहीको तिलोत्तमामा भएको झडपमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार विश्वकर्मा पूजापछि रमझमका क्रममा झडप भएको हो। झडपमा गम्भीर घाइते भएका हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङ्ताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परी काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइबा, गढी गाउँपालिका मकवानपुरका राजु तामाङ र सोही ठाउँका हस्तसिंह तामाङ घाइते भएका छन्।

घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। झडपमा संलग्न भएको आशंकामा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा– ९ केवलानीमा भवन निर्माणसँग सम्वन्धित मजदुरहरु आपसमा मिलेर विश्वकर्मा पूजा गरेपछि रमाइलो गर्ने क्रममा झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।