२०८१ माघ १०
बुटवल २ असोज ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १६.२४ अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुदा एक हजार नौ सय ८५.४३ बिन्दुमा कायम भएर कारोबार बन्द भएको छ।
यस दिन २७२ कम्पनीका ४३ लाख ३६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेयर कारोबार रकममा समेत वृद्धि भएको हो। सोमबार ८७ करोड चार लाख ४४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।