२०८१ श्रावण १२

शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा
  • लुम्बिनी खोज
  • २०८० आश्विन ३, बुधबार ०९:०३ गते

काठमाण्डौं ३ असोज ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन थालेका छन् । उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका कक्षा १२ सम्मका शिक्षक आन्दोलनमा उत्रिएका हुन्।

शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डौंको ट्राफिक व्यवस्थापनमा समेत अवरोध भएको छ।
विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिनेलगायत विषयप्रति उनीहरूको असन्तुष्टि छ। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौं आएका छन्।उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।