२०८१ श्रावण १२

सियारीमा संबिधान तथा शिक्षा दिवसमा बिभिन्न व्यक्ति तथा उद्योगलाई सम्मान
  • लुम्बिनी खोज
  • २०८० आश्विन ४, बिहीबार ११:१९ गते

बुटवल, ४असोज ।

रुपन्देहीको सियारी गाँउपालिकाले बिभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
नवौं संबिधान दिवस तथा चौथो सियारी शिक्षा दिवसको अबसरमा सियारीमा रहेर शिक्षा, उद्यम, राजनैतिक तथा सामाजिक, गाउँपालिकाको बिकास साझेदारमा उत्कृष्ट काम गरेका व्यक्ति तथा उद्योगलाई सम्मानित तथा पुरस्कृति गरिएको हो ।

सियारी गाउँपालिकामा उत्कृष्ट कार्य गरे वापत आर्थीक प्रशासन प्रमुख नारायण प्रसाद पौडेल, नायब सुब्बा चिरञ्जीवी गौतम, सामाजीक परिचालक हेम प्रसाद सापकोटा, वडा सचिव दिवाकर त्रीपाठी, कार्यालय सहयोगी पुष्कर पोख्रेल र तुल्सी प्रसाद पाण्डेलाई सम्मान गरिएको छ ।
सियारी गाउँपालिकाले सियारीको बिकास र उन्नयनका लागि राजनैतिक एवम् सामाजिक क्षेत्र तर्फ ७ जना, शिक्षा तथा राजनैतिक क्षेत्र मरणोप्रान्त तर्फ २ जना, उद्यम बिकास तर्फ १ जना, विकास साझेदार उद्योग तर्फ अर्घाखाँची सिमेन्ट उद्योगलाई कदर पत्र सहित सम्मान गरिएको छ । त्यसैगरी आर्थिक बिकास तर्फ २ जना, शिक्षा क्षेत्र तर्फ ११ जना, बिद्यालय तर्फ ३ र पुर्व प्रअ एवम् शिक्षक तर्फ १६ जनालाई सम्मानित गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
त्यसैगरी सियारी गाउँपालिका भित्र सञ्चालित बिद्यालयबाट अबकास प्राप्त १७ जना शिक्षक, शिक्षिकालाई पनि सम्मान गरिएको थियो । उनीहरुसबैलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकिय अधिकृत ऋिषिराम पन्थी लगाएतले सम्मान गरेका थिए ।
चौथो सियारी शिक्षा दिवस २०८० को अबसरमा सियारी (तत्कालिन छपिया) को शिक्षामा जग बसाउने २ जना शिक्षाप्रेमी व्यक्तिलाई मरोणोप्रान्त सम्मान गरिएको छ । सम्मानित हुनेमा सियारी गाउँपालिकाको जेष्ठ बिद्यालय छपिया आधारभुत बिद्यालयका पुर्व प्रधानपञ्च स्वर्गिय आनन्द सिंह मगर, पव्लिक माध्यामिक बिद्यालयका पुर्व अध्यक्ष तथा समाजसेवी स्वर्गिय बुद्धिनाथ तिवारीलाई मरणोप्रान्त सम्मान गरिएको छ ।
त्यसैगरी गाउँपालिका स्तरीय आधारभुत तह परिक्षा, माध्यामिक तह परिक्षा, माध्यामिक शिक्षा उत्तिण १७ जना उत्कृष्ठ बिद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
त्यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पुर्व अध्यक्ष, पुर्व प्रअ, सस्थागत बिद्यालय र सामुदायिक बिद्यालय मध्ये उत्कृष्ट कार्य गर्ने बिद्यालयलाई सम्मा गरिएको छ ।
त्यस्तै उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको गाउँपालिकाका सुचना अधिकारी रोमलाल पुरीले जानकारी दिए ।