२०८१ श्रावण १२

चन्द्र भण्डारीसहित आठजना कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित
  • लुम्बिनी खोज
  • २०८० आश्विन ४, बिहीबार ११:३९ गते

बुटवल, ४असोज ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजना केन्द्रीय सदस्य मनोनयन गरेका छन्। देउवाले गुल्मीका डा. चन्द्र भण्डारीसहित आठजनालाई केन्द्रीय सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

भण्डारीसँगै मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा)लाई केन्द्रीय सदस्य मनोनयन गरेका छन्।