२०८१ चैत्र ६
काठमाडौँ ६ असोज ।
नेपाल क्रिकेट संघ(क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् ।
आज भएको निर्वाचन पक्रियाबाट चन्द अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।
क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।
यस्तै, कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चन भएका छन् । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।