२०८१ कार्तिक ६

राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित ‘मेडालियन सिक्का’, मूल्य ४ हजार
  • लुम्बिनी खोज
  • २०८० आश्विन ७, आईतवार १३:४८ गते

 

काठमाडौं, ७ असोज ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को ल्याएको छ।राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको हो। १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का ल्याएको छ। १० ग्राम सिक्काको रु एक हजार छ सय र २५ ग्राम सिक्काको रु चार हजार निर्धारण गरिएको छ।

९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन्। बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी उक्त सिक्का सार्वजनिक गरेका छन्।

यी चलनचल्तिका नभई मेडालियन सिक्का हुन्। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ। दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ।