२०८१ श्रावण १२

नेप्से परिसूचक ५.८९ अंकले गिरावट
  • लुम्बिनी खोज
  • २०८० आश्विन ८, सोमबार १०:२४ गते

बुटवल ८ असोज ।
सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो ।
आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आइतबार १९.४२ अंकले गिरावट भएको थियो । सोमबार लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब माथि थियो । तर, सोमबार डेढ अर्बमा झरेको छ ।
सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो ।