२०८१ मंसिर १

नेप्से १८.४५ अंकले वृद्धि
  • लुम्बिनी खोज
  • २०८० आश्विन ९, मंगलवार ११:२४ गते

बुटवल ९ असोज ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४५ अंकले वृद्धि भएको छ । मंगलबार सेयरबजार परिसूचक नेप्से १८.४५ अंकले वृद्धि हुँदा २०२२.९१ को विन्दुमा पुगेर बन्द भएको छ । आइतबार र सोमबार लगातार २ कारोबार दिन घटेको नेप्से मंगलबार पुनः बढेको हो ।

मंगलबार नेप्सेमा होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । गत बिहिबार नेप्से ४४ अंकको उच्च वृद्धि हुँदा कारोबार रकम पनि ३ अर्ब नाघेको थियो । आइतबार नेप्सेमा गिरावट हुँदा कारोबार रकम केही घटेपनि कारोबार रकम २ अर्ब माथि नै थियो । तर, सोमबार डेढ अर्बमा झरेको कारोबार रकम मंगलबार पुन बढेर २ अर्ब नाघेको छ । मंगलबार ७८ हजार ६१६ वटा कारोबारमा ८७ लाख ४ हजार ५७७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।