२०८१ श्रावण १२

आयल निगमले आईपीओ जारी गर्ने
  • लुम्बिनी खोज
  • २०८० आश्विन ९, मंगलवार ११:४८ गते

काठमाण्डौं ९ असोज ।
नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी भइरहेको जानाकारी गराएका हुन् । मंगलबार नेपाल एलपी ग्याास उद्योग संघको २८ औं वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारीमा रहेको बताए।
उनले धितोपत्र निष्कासन नियमावली, २०७३ जारी भएपछि ०८० मा आउँदा सातौँपटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए।
कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आइपिओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आइपिओ जारी गर्न प्रतिबद्ध रहेको उनले जानकारी गराए।
विभिन्न प्रक्रियागत तयारीहरू गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय लाग्ने उनले बताए । निगमले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब नाफामै सञ्चालन हुने उनले बताए ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले ग्यास उद्योगीका समस्याका बारेमा चर्चा गरेका थिए ।