२०८२ कार्तिक २५

६० करोड लगानीमा निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्र सञ्चालन
  • लुम्बिनी खोज
  • २०८० आश्विन ११, बिहीबार १४:५७ गते

 

बुटवल, ११ असोज ।
रुपन्देहीका ३ जना व्यवसायीहरुले ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम संचालनमा ल्याएका छन् । उनीहरुको सिद्धार्थ भुमी इन्टरनेशनल ट्रडिङ प्रालि मणिग्राममा शोरुम सञ्चालनमा आएको हो ।
तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको शोरुमको औपचारिक रुपमा शुभारम्भ शुक्रवारदेखि हुन लागेको प्रवन्ध निर्देशक रामप्रसाद घिमिरेले बताए । विगत २५ वर्षदेखि फर्निचर, प्लाईउडको क्षेत्रमा अनुभवी राम प्रसाद घिमिरे, ब्यवसायीहरु रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्नेे निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम संचालनमा आएको होे । यसका सञ्चालकहरुले यस शोरुमलाई नेपालकै ठूलो शोरुम रहेको दावी गरेका छन् ।
एउटै छानामुनी सबै निर्माण सामग्री उपलब्ध हुने गरी शोरुम सञ्चालनमा ल्याएको प्रालिका निर्देशक रितेश सिलवालले बताए । विहीबार पत्रकार सम्मलेनमा उनले एक बिगाहा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक शोरुम तयार गरिएको अहिलेसम्मकै ठूलो भएको उनले दाबी गरे । पहिलो चरणमा दुई वटा शाखासहित शुक्रबारदेखि सञ्चालन शुभारम्भ हुने निर्देशक सिलवालले बताए ।
देशका मुख्य शहरहरुका शाखा खोल्ने लक्ष्य अनुसार काठमाडौं जडिबुटी र बुटवलको मिलनचोकमा सेवा शुक्रवार बाटै शुभारम्भ हुने उनले बताए ।
जुनसुकै प्रयोजनका घर, सानादेखि तारे होटल, सरकारी कार्यालय भवन निर्माणदेखि फिनिसिन सम्म आवश्यक पर्ने टायल, मार्वल, ग्रेनाइट, आल्मुनियम, युपीभीसीक ाझ्याल ढोका, बाथरुम फिटिङस, लाइटु् एण्ड स्वीचेस, प्लाइवुड, ल्यामीनेट, फर्निचर फिटिङस, वाइरिङ केवलस, सटरिङ प्लाइ, आर्किटेक्चरल हार्डवेयरलषयत २० बढी अन्तराष्ट्रिय ब्राण्डका सामानहरु शोरुममा उपलब्ध हुने सञ्चालकहरुले बताएका छन् ।
२ दिने औपचारिक उद्घाटनका अवसरमा ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था गरिएको उनीहरुले बताए । इटहरी र पोखरामा शाखा खोल्ने तयारी पनि सगसगै अगाडी बढाइएको सिलवालले बताए । हाल एक सय जनालाई रोजगार दिन सफल भएको उनले बताए ।