२०८१ श्रावण १२

बुटवल उवासंघको नेतृत्वका लागि श्रेष्ठको प्यानल घोषणा
  • लुम्बिनी खोज
  • २०८० आश्विन ११, बिहीबार १५:०३ गते

बुटवल, ११ असोज ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नेतृत्व हात पार्नका लागि उद्योगी ब्यवसायीबीच कसरत चलिरहेकोे अवस्थामा बिहिवार दिनेश प्रसाद श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनमा अध्यक्षका उम्मेदवारको रुपमा दिनेश प्रसाद श्रेष्ठको प्यानल घोषणा गरिएको हो । संघका पुर्वअध्यक्षहरु जीवन ओझा, अर्जुनमान सैजु, निर्मल प्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेशमान सिह, खिम बहादुर हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजुको उपस्थीतिमा प्यानल घोषणा गरिएको छ । पूर्व अध्यक्ष तथा हालका अध्यक्षले उम्मेदवारहरुलाई फुलमाला लगायदिएर शुभकामना दिएका थिए ।

श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसैनलाई अगाडि सारिएको छ ।
कार्यक्रममा पुर्वअध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारहरुको ब्यावसायिक र सामाजिक योगदानसहित परिचय गराएका थिए ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले ब्यवसायीहरुका हक हितका सवालमा तथा आर्थिक क्षेत्रको विकासका सवालमा आफ्नो टिमले योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।