२०८१ श्रावण १२

सियारीमा अति विपन्न १४ परिवारलाई घर प्रदान
  • लुम्बिनी खोज
  • २०८० आश्विन ११, बिहीबार १६:३३ गते

भैरहवा ।
रुपन्देहीको सियारी गाउपालिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवास(घर) गाँउपालिकाले प्रदान समेत गरेको छ ।
सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको लागि निर्माण गरिएको आवासलाई सम्बन्धित परिवारलाई प्रदान गरिएको हो ।
गाँउपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।
पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रुपैया र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैया सहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाको लागत सहभागितामा घर निर्माण गरिएको हो ।
पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासलाई सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धीत वडाका वडा अध्यक्षले घर प्रदान गरे ।
उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा, र शौचालय रहेको छ ।