२०८१ कार्तिक ६

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
  • लुम्बिनी खोज
  • २०८० आश्विन १२, शुक्रबार १२:२० गते

काठमाण्डौं १२ असोज ।
सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
सरकार र आन्दोलनरत राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकबीच सहमति भएको हो। सरकार र आन्दोलनरत शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ।
शिक्षामन्त्री अशोककुमार राईको सहभागितामा भएको वार्तामा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ।

परीक्षामा उत्तीर्ण भएका शिक्षक स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकलाई सरकारले आर्थिक प्याकेज दिने सहमति भएको छ।