२०८१ श्रावण १२

राष्ट्रिय योग्यता प्रारूपको प्रवोधिकरण सम्पन्न
  • लुम्बिनी खोज
  • २०८० आश्विन १२, शुक्रबार १२:३९ गते

भैरहवा १२ असोज ।
शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा राष्ट्रिय योग्यता प्रारूपको प्रवोधिकरण शुक्रवार सम्पन्न भएको छ ।
देशमा हाल करिव ३५ प्रतिशत युवा युवतीसंग शैक्षिक योग्यताको प्रमाणपत्र नभएको विद्यमान अवस्थाले गर्दा राष्ट्रिय योग्यता प्रारूप २०७६ संघीय सरकारले पास गरेकोले औपचारिक शिक्षा प्राप्त गर्न नसकेका युवा, युवतीहरुमा उमेर, जागिर लगायतले छुटेका विद्यार्थीहरुलाई अनौपचारिक तथा व्यवसायिक एवं प्राविधिक तवरबाट लेवल अनुसार सामुदायिक अध्ययन केन्द्र, स्थानीय सरकार, प्रदेश सरकार र सिटीइभिटीबाट ज्ञान र सीप परीक्षण मार्फत प्रमाणीकरण गर्ने नीति ल्याएको छ प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सम्पूर्ण नागरिकको आधारभूत शिक्षा अनिवार्य रुपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने प्रयोजनका लागि २०८५ बैशाख १ गते पछी आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति राज्यको कुनै पनि सेवा सुविधा तथा अवशर प्राप्त गर्न योग्य मानिने छैन भनेर लेखिएको छ ।
यसलाई कार्यन्वयन गर्ने क्रममा देशका सात वटा प्रदेशहरु मध्ये लुम्विनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम जिल्लाका सरोकारवाला वीच राष्ट्रिय योग्यता प्रारूप २०८०।८१ को प्रवोधिकरण सुरुवात गरिएको छ । यस कार्यक्रम दुई वटा प्रदेशमा लेवल १ र लेवल २ को पाइलट अध्ययन गरिने भएको छ ।
शिक्षा तालिम केन्द्र मायादेवी रुपन्देहीका प्रमुख टिकाराम अर्यालको अध्यक्षतामा तालिम केन्द्रका शाखा अधिकृत हरिलाल अर्यालको संचालनमा सम्पन्न प्रवोधिकरणमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवाली, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकन्ठ ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा शिक्षा तालिम केन्द्रका शाखा अधिकृत हिमलाल खनालले स्वागत गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका अधिकृतहरु, स्थानीय शिक्षाका प्रमुखहरु शिक्षा तालिम केन्द्रका अधिकृतहरु, विद्यालयका प्रधानाध्यापकहरु नेपाल शिक्षक महासंघका प्रतिनिधिहरु लगायत ३५ जनाको सहभागिता रहेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।