२०८१ श्रावण १२

नेप्से ३३ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० आश्विन १४, आईतवार १२:५१ गते

बुटवल १४ असोज ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३३.२० अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर बन्द भएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर दुई हजारभन्दा कम बिन्दुमा झरेको छ। नेप्से एक हजार नौ सय ७१.१० बिन्दुमा कायम भएर बजार बन्द भएको छ।

आज ६७ लाख २३ हजार चार सय कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ८३ करोड चार लाख रुपैयाँबराबरको कारोबार भएको छ।