२०८१ श्रावण १२

रुपन्देहीमा ६० करोड लगानीमा निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको उद्घाटन
  • लुम्बिनी खोज
  • २०८० आश्विन १४, आईतवार १३:०५ गते

बुटवल, १४ असोज ।
रुपन्देहीका ३ जना व्यवसायीहरुले ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको उद्घाटन गरिएको छ । सिद्धार्थ भुमी इन्टरनेशनल ट्रडिङ प्रालि मणिग्राममा सञ्चालनमा आएको शोरुमको उद्घाटन गरिएको हो ।
तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको शोरुमको औपचारिक रुपमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पञ्चकन्यासहित शोरुमको उद्घाटन गरेका छन् । प्रालिका प्रवन्ध निर्देशक रामप्रसाद घिमिरेले ब्यवसायीक क्षेत्रमा लामो समय काम गरेका अनुभवी टिमले शोरुम सञ्चालनमा ल्याएको बताए । विगत २५ वर्षदेखि फर्निचर, प्लाईउडको क्षेत्रमा अनुभवी राम प्रसाद घिमिरे, तथा विभिन्न ब्यवसायमा अनुभव सगालेका ब्यवसायीहरु रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम संचालनमा आएको होे । यसका सञ्चालकहरुले यस शोरुमलाई नेपालकै ठूलो शोरुम रहेको दावी गरेका छन् ।
एउटै छानामुनी सबै निर्माण सामग्री उपलब्ध हुने गरी शोरुम सञ्चालनमा ल्याएको प्रालिका निर्देशक रितेश सिलवालले बताए । उनले एक बिगाहा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक शोरुम तयार गरिएको अहिलेसम्मकै ठूलो भएको उनले दाबी गरे । पहिलो चरणमा दुई वटा शाखासहित शोरुम शुभारम्भ भएको निर्देशक सिलवालले बताए ।
देशका मुख्य शहरहरुका शाखा खोल्ने लक्ष्य अनुसार काठमाडौं जडिबुटी र बुटवलको मिलनचोकमा सेवा शुभारम्भ भएको हो ।
जुनसुकै प्रयोजनका घर, सानादेखि तारे होटल, सरकारी कार्यालय भवन निर्माणदेखि फिनिसिन सम्म आवश्यक पर्ने टायल, मार्वल, ग्रेनाइट, आल्मुनियम, युपीभीसीक ाझ्याल ढोका, बाथरुम फिटिङस, लाइटु् एण्ड स्वीचेस, प्लाइवुड, ल्यामीनेट, फर्निचर फिटिङस, वाइरिङ केवलस, सटरिङ प्लाइ, आर्किटेक्चरल हार्डवेयरलगायत २० बढी अन्तराष्ट्रिय ब्राण्डका सामानहरु शोरुममा उपलब्ध हुने सञ्चालकहरुले बताएका छन् ।
इटहरी र पोखरामा शाखा खोल्ने तयारी पनि सगसगै अगाडी बढाइएको सिलवालले बताए । हाल एक सय जनालाई रोजगार दिन सफल भएको उनले बताए ।