२०८१ श्रावण १२

रुपन्देहीमा १० लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ
  • लुम्बिनी खोज
  • २०८० आश्विन १५, सोमबार ०७:५९ गते

बुटवल १५ असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ डन्डाबाट १० लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत– २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् । सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु.२च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका राजु कौशलको साथमा नौ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा एक लाख रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।