२०८१ श्रावण १२

नेपालगन्जमा कर्फ्यु
  • लुम्बिनी खोज
  • २०८० आश्विन १६, मंगलवार ०८:४७ गते

 

बाँके १६ असोज ।
बाँकेको नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको छ। दुई धार्मिक समुदाय बीच सद्‍भाव बिग्रिने अवस्था देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सोमबार दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको चार किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको बताए।